Main News
अक्सिजन सिलिण्डर लिन निगमको जहाज ओमन जाँदै
२०७८ जेठ १ गते ८:५०
१ जेठ २०७८ काठमाडौं । गैर आवासीय नेपाली संघ ओमनको समन्वय र नेपाली दूतावासको पहलमा जुटेको अक्सिजन सिलिन्डर लिन आज विमान मस्कट जाँदैछ ।
६ सय वटा अक्सिजन सिलिण्डर लिन वायु सेवा निगमको जहाज आज मस्कट जान लागेको हो ।
यस्तै चीनको बेइजिङबाट पनि ४ सय थान अक्सिजन कन्सर्नटेटर, ४ सय थान सिलिण्डर र अन्य चिकित्सा सामग्री लिन विमान जाने नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया