Main News

अब सांसदको टाउको गन्न छोडेर नागरिकको जीवन रक्षामा लागौंः सांसद थापा

हिमालय टिभी
२०७८ वैशाख ३१ गते ९:२७
अब सांसदको टाउको गन्न छोडेर नागरिकको जीवन रक्षामा लागौंः सांसद थापा

३१ वैशाख २०७८ काठमाडौं । प्रधानमन्त्रीमा पुनः केपी शर्मा ओली नियुक्तिसँगै तत्काललाई सांसदको संख्या गन्ने काम रोकिने भएकाले अब जनताको जीवन रक्षामा ध्यान दिन नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आग्रह गर्नुभएको छ ।

उहाँले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त भएसँगै अन्य राजनीतिक दाउपेच छाडेर महामारी नियन्त्रणमा ध्यान दिनसमेत आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत उहाँ अब कोरोना सङ्क्रमित र सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या घटाउनतिर ध्यान दिन आग्रह गर्नुभएको हो । त्यसका लागि विपक्षी लगाएत सबै राजनीतिक दलले सरकारलाई साथ दिनु पर्ने थापाको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *