Main News

ओली नै मुलुकको राष्ट्रिय समस्या भएको प्रचण्डको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २७ गते १९:१५
ओली नै मुलुकको राष्ट्रिय समस्या भएको प्रचण्डको आरोप (भिडियो रिपोर्टसहित)

२७ वैशाख २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली मुलुकको राष्ट्रिय समस्या भएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री विश्वासको मत माग्दै पेश गरेको प्रस्तावमा छलफल गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीमाथि आक्रमण गर्नुभएको हो ।

केही दिन अघि एउटा टेलिभिजन अन्तर्वार्तामा प्रधानमन्त्रीले आफूलाई राष्ट्रिय समस्या भनेकोमा प्रचण्डले आपत्ति जनाउनुभयो । को समस्या हो छलफल गरौं भन्दै प्रचण्डले प्रधानमन्त्रीलाई चुनौती दिनुभयो ।

आफूसितको अन्तर्विरोधमा संसद विघटन गरेर प्रधानमन्त्रीले मुलुकलाई समस्यामा पारेको प्रचण्डको आरोप छ ।

पटक पटक असहयोग गरेको भन्ने प्रधानमन्त्री ओलीको आरोपको पनि प्रचण्डले खण्डन गर्नुभयो ।

सरकार सम्हालेदेखि नै ओलीमा अहंकार बढेको प्रचण्डको टिप्पणी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *