Political Hightlights

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता

हिमालय टिभी
२०७८ वैशाख २६ गते १२:४६
लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता

२६ वैशाख २०७८ बुटवल । लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनका चार दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दोस्रोपटक अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिएको हो ।

यसअघि वैशाख ६ गते पनि मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । अविश्वासको प्रस्ताव दर्ता भएपछि वैशाख १९ गते प्रदशेसभाको विशेष अधिवेशन बोलाइएको थियो । तर अधिवेशन शुरु हुनुअघि नै पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएर बहुमतको सरकारको दाबी गरी पुनः मुख्यमन्त्री नियुक्त हुनुभयो ।

अविश्वासको प्रस्ताव दर्ता गरेका दलले आफ्नो पक्षमा बहुमत भएको दाबी गरे पनि प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गर्नु भएको थियो ।

प्रदेशसभामा कायम ७९ सदस्यको बहुमत ३८ सांसद एमालेसँग नभएको भन्दै चार दलले संविधानको धारा १६८ (१)बमोजिम एकल बहुमतको प्रदेश सरकार बन्न नसक्ने बताएका थिए ।

दुगनारायण पाण्डेय र अमरबहादुर डाँगीको राजीनामा तथा माओवादी केन्द्र रोज्ने बिमला खत्रीको निर्णयपछि एमालेको बहुमत नहुँदा पनि पोखरेल मुख्यमन्त्री भएको चार दलको निष्कर्ष थियो ।

आफूहरुको पक्षमा बहुमत रहेको भन्दै चार दलले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउनुपर्ने दाबी वैधानिक भएको दाबी गरेका थिए ।

यद्यपि प्रदेश प्रमुखले दलहरुसँग परामर्श नगरी संविधानविपरीत पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै चार दलले प्रदेशसभामा फेरि अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । चार दलले माओवादी संसदीय दलका नेता केसीलाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन् ।

प्रदेशसभाको अधिवेशन बोलाउन माग गर्दै प्रदेश प्रमुखसमक्ष आजै समावेदन दिइने कांग्रेस संसदीय दलका प्रमुख सचेतक फखरुद्दिन खानले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्