संवैधानिक परिषदको बैठकमा सहभागी नहुन सबै पदाधिकारीलाई प्रचण्डको आग्रह
२५ वैशाख २०७८ काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठकमा सहभागी नहुन संवैधानिक परिषदका सबै पदाधिकारीलाई आग्रह गर्नु भएको छ ।
अध्यक्ष विज्ञप्ति निकालेर प्रचण्डले संविधानको मर्म र भावनाविपरीत संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसाय सहित प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक मार्फत आफ्नो स्वेच्छाचारी चरित्र प्रदर्शन गर्न लागेको भन्दै बैठकमा सहभागी नहुन आग्रह गर्नुभएको छ ।
सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको र यसै सन्दर्भमा लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक पुनः संवैधानिक परिषद्को बैठक मार्फत भन्दै उहाँले विरोध गर्नु भएको हो ।
यस्तै उहाँले प्रमुख प्रतिपक्षका नेता तथा सभामुख समेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारसँग आग्रह समेत गर्नु भएको छ ।
उहाँले संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरु गर्नुभएको छ ।
प्रतिक्रिया