Main News

सर्वसाधारणलाई निषेधाज्ञा लगाएर मन्त्री दलबलसहित यसरी निस्किए निरीक्षणमा (फोटो फिचरसहित)

हिमालय टिभी
२०७८ वैशाख २४ गते १६:१८
सर्वसाधारणलाई निषेधाज्ञा लगाएर मन्त्री दलबलसहित यसरी निस्किए निरीक्षणमा (फोटो फिचरसहित)

२४ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै प्रशासनले नागरिकलाई घरभित्रै बस भन्दै निषेधाज्ञा जारी गरे पनि सरकारकै एक मन्त्री भने दलबलसहित निरीक्षणमा निस्किएका छन् ।

शहरी विकास मन्त्री प्रभु साह दलबलसहित आज ललितपुरको गोदावरीमा निर्माणाधीन सम्मेलन केन्द्रको निरीक्षणमा जानु भएको हो ।

सरकारले ललितपुरको गोदावरीमा आधुनिक र प्रविधियुक्त ३ हजार सिट क्षमताको सम्मेलन केन्द्र निर्माण गरिरहेको छ । यो सम्मेलन केन्द्रको काम अन्तिम चरणमा पुगेको छ ।

२०७६ असोज २० गतेदेखि निर्माण शुरु भएको केन्द्र निर्माणको काम गत कात्तिक २७ गतेभित्र सक्नु पर्ने थियो ।

गत कात्तिकमा नै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यसको निरीक्षण गरी फागुन ३ गते उद्घाटन गर्ने गरी निर्माण सक्न निर्देशन दिनुभएको थियो । तर अहिलेसम्म पनि यसको निर्माण कार्य सकिएको छैन ।

र अहिले निषेधाज्ञाका कारण यो केन्द्र निर्माणको काम रोकिएकोछ । तर पनि मन्त्री साहले भने कोरोना संक्रमण र निषेधाज्ञा व्यवास्ता गर्दै यसको निरीक्षण गर्नुभएको हो । तस्वीरः निमेषकुमारको फेसबुकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *