Political Hightlights
लुम्बिनीमा पोखरेललाई मुख्यमन्त्रीको सपथ नगराउन विपक्षी दलको माग
२०७८ वैशाख १९ गते १५:१५

१९ वैशाख २०७८ काठमाडौं । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले नेकपा एमालेका संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्रीको सपथ नगराउन प्रदेश प्रमुखको ध्यानाकर्षण गरेको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनले सरकार निर्माणका लागि प्रदेश प्रमुख समक्ष माग दाबी पेस गर्दै मुख्यमन्त्रीको सपथ रोक्न आग्रह गरेको हो । पोखरेल अल्पमतमा परिसकेकाले सपथ हुन नसक्ने विपक्षी गठबन्धनको निष्कर्ष छ ।
विपक्षी गठबन्धनले माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका रुपमा अगाडि सारेर माग दाबी गरेको हो ।
प्रतिक्रिया