Main News

कोरोना संक्रमण नियन्त्रणमा सहयोग गर्न उपप्रधानमन्त्री पोखरेलको आपील (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १७ गते १७:०९
कोरोना संक्रमण नियन्त्रणमा सहयोग गर्न उपप्रधानमन्त्री पोखरेलको आपील (भिडियो रिपोर्टसहित)

१७ वैशाख २०७८ काठमाडौं । सरकारले निषेधाज्ञा पालन गरेर कोरोना संक्रमण नियन्त्रणमा सहयोग गर्न सबैलाई अपील गरेको छ ।

उपप्रधानमन्त्री एवम कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले कोरोनाविरुद्ध लड्नु साझा दायित्व भन्दै सहयोगका लागि नागरिकलाई अपील गर्नुभएको हो ।

सरकारले उपचारका लागि पनि आवश्यक काम गरिरहेको उपप्रधानमन्त्री पोखरेलले बताउनुभएको छ । खोप ल्याउनेदेखि अस्पताल व्यवस्थापनको काममा सरकार लागेको उहाँको भनाई छ ।

निषेधाज्ञामा राजनीतिक उद्देश्य नहेर्न आग्रह गर्दै उपप्रधानमन्त्री पोखरेलले नागरिकको जीविकामा समस्या नपरोस् भनेर सरकारले ध्यान दिइरहेको दावी गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *