Political Hightlights

जसपा अध्यक्ष यादवविरुद्ध अर्का अध्यक्ष ठाकुर निर्वाचन आयोगमा

हिमालय टिभी
२०७८ वैशाख १७ गते १४:४१
जसपा अध्यक्ष यादवविरुद्ध अर्का अध्यक्ष ठाकुर निर्वाचन आयोगमा

१७ वैशाख २०७८ काठमाडौं । लुम्बिनी प्रदेशका चार जना सांसद हटाउने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको निर्णयविरुद्ध अर्का अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग जानुभएको छ ।

चार जना सांसदलाई कारवाही नगरिएको भन्दै यादवले कुनै पनि कारवाही अघि नबढाउन निर्वाचन आयोगसँग आग्रह गर्नुभएको छ ।

ठाकुरले २०७७ पुस ७ गतेपछि जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक नै नबसेको र बैठक बोलाउन कुनै सूचना पनि जारी नगरिएको दावी गर्नुभएको छ ।

यसका विरुद्ध कानूनी उपचार खोज्ने पनि ठाकुरले बताउनुभएको छ । यादव पक्षले हटाएका चार जना मुद्दा हाल्न काठमाडौं आइपुगेका छन् ।

पार्टीको बैठक नै नबसेको बेला लुम्बिनी प्रदेशसभा सचिवालयले जसपाले सांसदलाई पदबाट निष्काशन गरेको भनी जारी गरेको सूचना प्रथम दृष्टिमै अवैध र गैरकानुनी भएको ठाकुरले जिकिर गर्नुभएको छ ।

अध्यक्ष यादव पक्षले संसदीय दलको निवेदनका आधारमा सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।

त्यही निर्णयका आधारमा प्रदेश संसद् सचिवालयले उनीहरूलाई हिजो पदमुक्त गरेको सूचना प्रकाशित गरेको थियो । तर ठाकुरले हिजो नै विज्ञप्ति निकालेर त्यसको विरोध गर्दै कुनै निर्णय नभएको बताउनुभएको थियो ।

पहिले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरे पनि पाण्डे, यादव र रायमाझी मन्त्री खान गएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्