Political Hightlights

फुटको संघारमा जनता सामाजवादी पार्टी, एकअर्काको निर्णय नमान्ने स्थितिमा नेताहरु

हिमालय टिभी
२०७८ वैशाख १७ गते १३:२७
फुटको संघारमा जनता सामाजवादी पार्टी, एकअर्काको निर्णय नमान्ने स्थितिमा नेताहरु

१७ वैशाख २०७८ रुपन्देही । जनता समाजवादी पार्टी जसपा फुटको संघारमा पुगेको छ । दुई ध्रुवमा विभाजित जसपा नेता एकअर्काको निर्णय मान्न तयार नहुँदा पार्टी फुटनजिक पुगेको हो ।

हालै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेपछि प्रदेशमा मन्त्री भएकालाई कारबाही गरिएको जसपाले जनाएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव र डा बाबुराम भट्टराई पक्षले पार्टी निर्णय विना लुम्बिनी प्रदेश सरकारलाई समर्थन गर्दै सरकारमा सहभागी भएपछि चार सांसदलाई कारबाही गरेको थियो । तर अध्यक्ष महन्थ ठाकुरले हिजो पुनः अर्को पत्रमा कसैलाई पनि कारबाही नगरिएको बताएपछि जसपाभित्रको विवाद छताछुल्ल भएको हो ।

लुम्बिनी प्रदेश सभा सचिवालयले निकालेको सूचनाअनुसार सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेको पद गुमेको छ ।

पत्रमा जसपाले पार्टी सदस्यता नै नरहनेगरी कारबाही गरेको उल्लेख भएको सचिवालयले निकालेको सूचनामा भनिएको छ । जसपा शीर्षनेता नै दुई ध्रवमा विभाजित भएपछि यसबीच कुनै सहमति नभए पार्टी स्पष्ट रूपमा फुट्ने निश्चित भएको जसपा एक नेताले बताए ।

लुम्बिनी प्रदेशको भाडभैलोदेखि संघीय सरकारमा पनि सहभागी हुने कि नहुने भन्नेमा समेत पार्टीभित्र चर्को विवाद छ । नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो संघीय सरकारमा सहभागी हुने पक्षमा छ भने उपेन्द्र यादव र बाबुराम भट्टराई कुनै पनि हालतमा ओली सरकारमा सहभागि नहुने पक्षमा छन् ।

संघीय संसदमा तत्कालिन संघीय समाजवादी र राजपाका समान १७, १७ सांसद छन् । एक एक जना निलम्बनमा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्