Political Hightlights

तत्कालै नयाँ सरकार बन्ने सम्भावना छैनः अध्यक्ष प्रचण्ड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १६ गते १९:२५
तत्कालै नयाँ सरकार बन्ने सम्भावना छैनः अध्यक्ष प्रचण्ड (भिडियो रिपोर्टसहित)

१६ वैशाख २०७८ काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालै नयाँ सरकार बन्ने संभावना कम रहेको बताउनुभएको छ ।

हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रचण्डले जनता समाजवादी पार्टीले निर्णय गर्न नसक्दा तत्कालै सरकार बन्ने संभावना नदेखिएको बताउनुभयो । सरकार कहिले बन्छ भन्ने प्रश्नमा प्रचण्डले अहिले आफुले चाहेर मात्रै सरकार बन्न नसक्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले समर्थन फिर्ता लेउ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको चुनौतीमा षडयन्त्र रहेको टिप्पणी गर्नुभयो । माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई समर्थन नदिएकोले फिर्ता पनि लिनु नपर्ने प्रचण्डको तर्क छ ।

ओली सरकार ढलाउन कांग्रेस सभापति शेरबहादुर देउवासँग एमसीसी पारित गर्ने सहमति भएको भन्ने चर्चाको प्रचण्डले खण्डन गर्नुभयो । आफूले एमसीसीलाई पूर्ण रुपमा कहिल्यै पनि अस्वीकार नगरेको र जस्ताको तस्तै स्वीकार पनि नगर्ने प्रचण्डले बताउनुभयो ।

देउवासँग एमसीसीमा भएका कमजोरी सच्याउने प्रतिवद्धता आए संकल्प प्रस्ताव पारित गरेर जान सकिने सहमति भने भएको प्रचण्डले स्वीकार गर्नुभयो ।

प्रचण्डसँगको विशेष कुराकानी कार्यक्रम यक्ष प्रश्नमा अहिले बेलुकी नौ बजे प्रसारण हुनेछ । हेर्न नभुल्नु होला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्