Main News
प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना
२०७८ वैशाख १५ गते १३:४०

१५ वैशाख २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ ।
दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । उहाँको शरीरमा सोडियमको मात्रा कम पाइएको र अहिले केही सुधार देखिएको चिकित्सकले बताएका छन् ।
सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) बाट पीडित हुनुहुन्छ । गत पुसमा दाहाललाई भारतको नयाँदिल्लीमा उपचार गरी ल्याइएको थियो ।
हालै दाहालकी छोरीहरुले सामाजिक सन्जालमा पोष्ट गरेको एउटा तस्वीरमा सीताको स्वास्थ्य थप बिग्रिँदै गएको जस्तो देखिएको थियो ।
प्रतिक्रिया