Main News

पर्सा, मोरङ र सुर्खेतमा ६ जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख १५ गते १३:३७
पर्सा, मोरङ र सुर्खेतमा ६ जना कोरोना संक्रमितको मृत्यु

१५ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमणबाट पर्सा, मोरङ र सुर्खेतमा ६ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणका कारण पर्सामा उपचाररत सर्लाहीका एक पुरूष र बाराकी एक महिलाको मृत्यु भएको छ ।

सर्लाहीको धनगढाका ४३ बर्षीय पुरूषको आज बिहान उपचारका क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोजरोशन दासले जानकारी दिनुभयो । मृतक पुरुषलाई हिजो मात्र नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

यस्तै बैशाख १३ गतेदेखि उपचाररत बाराको सुवर्ण गाउँपालिकाकी ३० वर्षीया महिलाको पनि कोरोना संक्रमणका कारण गए राति मृत्यु भएको छ ।

यस्तै कर्णाली प्रदेशको राजधानी सुर्खेतको कालागाउँ प्रदेश अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमित विरामीको मृत्यु भएको छ । अस्पतालका फोकल पर्सन डाक्टर केएन पौडेलले दुई जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार भेरिगंगा नगरपालिका–४ का ६४ वर्षीय एक पुरुष र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय अर्का पुरुषको निधन भएको हो । भेरिगंगाका बिरामी बैशाख ५ र वीरेन्द्रनगरका विरामी बैशाख ११ गतेदेखि अस्पतालमा उपचाररत थिए ।

यस्तै मोरङको विराटनगरमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मोरङको विराटनगरस्थित नोबेल अस्पतालमा गएराति थप २ जना संक्रमित पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा झापाका ५५ वर्षीय र मोरङ कटहरीका ४५ वर्षीय पुरुष छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *