Main News

उपत्यकामा निषेधाज्ञामा विवाहका लागि दुई वटा गाडीसम्म अनुमति लिन नपर्ने

हिमालय टिभी
२०७८ वैशाख १५ गते ८:५३
उपत्यकामा निषेधाज्ञामा विवाहका लागि दुई वटा गाडीसम्म अनुमति लिन नपर्ने

१५ वैशाख २०७८ काठमाडौं । कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा भोलिदेखि जारी हुने निषेधाज्ञाका क्रममा विवाहमा सहभागी हुन २ वटा गाडीसम्म प्रयोग गर्न पाइने भएको छ ।

निषेधाज्ञाका क्रममा विवाहका लागि २ वटा गाडीसम्म प्रयोग गर्नु परेमा प्रशासनको अनुमति लिनुपर्ने छैन ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलिदेखि लागू हुने गरी सोमबार जारी गरेको आदेशमा संशोधन गर्दै विवाहमा सहभागी हुन व्यानर र दुलाहा दुलहीसहित १५ जनाका लागि दुईवटा सवारी साधन प्रयोग गर्न सवारी पास आवश्यक नपर्ने व्यबस्था गरेको हो ।

निषेधाज्ञाको अवधिमा बैंक तथा वित्तीय संस्था तथा बित्तीय कारोबार गर्ने इजाजत प्राप्त सहकारीका कर्मचारीले संस्थाको परिचयपत्रका आधारमा आफूले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाउने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *