Main News
सुर्खेतमा दुई जना कोरोना संक्रमितको मृत्यु
२०७८ वैशाख १५ गते ८:०१
१५ वैशाख २०७८ सुर्खेतं । कर्णाली प्रदेशको राजधानी सुर्खेतको कालागाउँ प्रदेश अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालका फोकल पर्सन डाक्टर केएन पौडेलले दुई जनाको मृत्यु भएको पुष्टि गर्नुभएको हो ।
उहाँका अनुसार भेरिगंगा नगरपालिका–४ का ६४ वर्षीय एक पुरुष र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय अर्का पुरुषको मृत्यु भएको हो ।
भेरिगंगाका बिरामी बैशाख ५ र वीरेन्द्रनगरका बिरामी बैशाख ११ गतेदेखि सो अस्पतालमा उपचाररत थिए ।
प्रतिक्रिया