Main News

बाँकेको भेरी अस्पतालमा ८० जना स्वास्थ्यकर्मी पठाउने निर्णय

हिमालय टिभी
२०७८ वैशाख १३ गते १८:०३
बाँकेको भेरी अस्पतालमा ८० जना स्वास्थ्यकर्मी पठाउने निर्णय

१३ वैशाख २०७८ काठमाडौं । स्वास्थ्य मन्त्रालयले बाँकेको भेरी अस्पतालमा ८० जना स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको छ ।

मन्त्रालयले १० जना मेडिकल अफिसर, ४० जना नर्स र अन्य स्वास्थ्य सहयोगी गरी ८० जना स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको हो ।

भेरी अस्पतालका चिकित्सकले भयावह स्थितिको सामना गर्न नसक्ने अवस्थामा रहेको भन्दै संघीय सरकारलाई जनशक्ति पठाइदिन पटक पटक आग्रह गर्दै आएका थिए ।

हिजो मन्त्रालयका प्रमुख स्वास्थ्य विशेषज्ञ डाक्टर महेन्द्र श्रेष्ठले पनि स्थलगत निरीक्षण गरेर बाँकेको अवस्थाबारे मन्त्रालयमा जानकारी गराउनु भएको थियो ।

कोहलपुरको नेपालगञ्ज मेडिकल कलेजमा पनि ५० बेडको हाई डिपेन्डेन्सी युनिट (एचडीयू) बनाउन सामग्री दिने निर्णय पनि भएको छ । हाल नेपालगञ्ज मेडिकल कलेजमा ६० वटा अक्सिजन सपोर्टसहितका बेड छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *