Main News

आज दक्षिण एसियाकै पहिलो निर्वाचित प्रधानमन्त्री अधिकारीको २२औं स्मृति दिवस

हिमालय टिभी
२०७८ वैशाख १३ गते १३:२०
आज दक्षिण एसियाकै पहिलो निर्वाचित प्रधानमन्त्री अधिकारीको २२औं स्मृति दिवस

१३ वैशाख २०७८ काठमाडौं । दक्षिण एसियाकै पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री तथा एमालेका संस्थापक अध्यक्ष मनमोहन अधिकारीको २२ औं स्मृति दिवस आज मनाइँदैछ ।

नेपालमा सामाजिक सुरक्षाको अभियान थालनी गर्नुभएका अधिकारीको चुनावी अभियानकै क्रममा ०५६ साल वैशाख १३ गते निधन भएको थियो ।

काठमाडौंको गोठाटारमा आयोजित एक कार्यक्रममा अचानक बेहोस भएपछि उपचारकै क्रममा अधिकारीको निधन भएको थियो ।

अधिकारी ०४८ सालको आम निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको थियो भने २०५१ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएको थियो । २०५१ सालमा कम्युनिष्टको अल्पमतको सरकारको नेत्तृत्व गर्नुभएको थियो ।

वाम तथा प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष अधिकारीले नेपालको इतिहासकै स्वच्छ प्रधानमन्त्रीका रुपमा ९ महिने सरकारको नेतृत्व गर्नुभएको थियो । अधिकारी ०१० सालमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशनबाट महासचिव पदमा निर्वाचित हुनुभएको थियो ।

नेपालमा पहिलोपटक अधिकारी नेतृत्वको सरकारले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ७५ वर्ष पूरा भएका वृद्धवृद्धालाई मासिक भत्ताको व्यवस्था गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *