Main News
पुनर्निर्माण प्राधिकरणका प्राविधिक आन्दोलित
२०७८ वैशाख १२ गते १८:४७
१२ वैशाख २०७८ काठमाडौं । अतिरिक्त सेवा सुविधा नदिएको तथा दुर्गम क्षेत्र निर्धारण गरी प्रोत्साहनका लागि मापदण्ड बनाइदिने सरकारको आश्वसन कार्यान्वयन नगरिएको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिक आन्दोलित भएका छन् ।
पत्रकार सम्मेलन गरी प्राविधिकहरुले सेवा प्रवेश गर्दा नै उपलब्ध गराउने भनिएको अतिरिक्त सुविधा उपलब्ध नगराइएको, प्रोत्साहनका लागि मापदण्ड नबनाइएको र यसअघि गरिएका सहमति कार्यान्वयन नगरिएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
यसअघि गत चैत ३० गते दुई बुँदे माग राखेर १२ दिने अल्टिमेटम दिएको भए पनि प्राधिकरणले मौनता साँधेका कारण पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम घोषणा गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले जनाएको छ ।
प्रतिक्रिया