Main News

“शून्य औलोको लक्ष्यमा पुग्दैछौ” मूल नाराका साथ विश्व औलो दिवस मनाइँदै

हिमालय टिभी
२०७८ वैशाख १२ गते ९:००
“शून्य औलोको लक्ष्यमा पुग्दैछौ” मूल नाराका साथ विश्व औलो दिवस मनाइँदै

१२ वैशाख २०७८ काठमाडौं । आज विश्व औलो दिवस, सरकारले अन्य वर्षझैं यस वर्ष भव्य कार्यक्रमको आयोजना नगरी मनाउने भएको छ ।

“शून्य औलोको लक्ष्यमा पुग्दैछौ”भन्ने नाराका साथ सरकारले यो दिवस मनाउन थालेको हो । सरकारले सन् २०२५ सम्ममा मुलकलाई औलोमुक्त राष्ट्रका रुपमा पुर्याउने उद्देश्य लिएको छ ।

सोही उद्देश्यका साथ औलोका विषयमा विभिन्न क्रियाकलाप पनि गर्दै आएको छ । तर, सरकारका क्रियाकलाप गत एक वर्षदेखि कोरोना महामारीका कारण प्रभावित बनेको छ ।

कोरोना महामारी शुरु भएको वर्ष सरकारले बनाएका विभिन्न क्वारन्टिनमा बसेका व्यक्तिहरुमा औलो रोग देखिएको थियो । तर, हाल यो रोगबाट संक्रमित हुने र मृत्यु हुने दर भने स्थिर जस्तै छ ।

नेपालमा विशेषगरी सुदूरपश्चिम भेगमा औलाका बढी बिरामी देखिन्छन् । यसमा पनि कैलाली जिल्लामा मलेरियाका बिरामी बढी भेटिन्छन् । एनोफिलिज जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *