Main News
वीरगञ्जमा गरिएको परीक्षणमा पर्साका ५७ सहित ७८ जनामा कोरोना पुष्टि
२०७८ वैशाख १० गते १३:२१
१० वैशाख २०७८ बागलुङ । वीरगञ्जमा गरिएको परीक्षणमा पर्साका ५७ सहित ७८ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रयोगशालामा १ सय ३८ वटा स्वाबका नमूना परीक्षण गर्दा पर्साका ५७, बाराका १८, सर्लाहीका २ र धनुषाका १ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।
संक्रमित हुनेमा ३ देखि ७० वर्ष उमेर समूहका छन् । नारायणी अस्पतालको आइसोलेसनमा ३१ जना संक्रमित उपचाररत छन् ।
एक जना भेन्टिलेटरमा छन् । अन्य अधिकांशलाई अक्सिजन लगाएर राखिएको छ ।
प्रतिक्रिया