Main News

आज विश्व पुस्तक तथा प्रतिलिपी अधिकार दिवस

हिमालय टिभी
२०७८ वैशाख १० गते ८:०४
आज विश्व पुस्तक तथा प्रतिलिपी अधिकार दिवस

१० वैशाख २०७८ काठमाडौं । आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।

कोरोना भाइरस संक्रमणको जोखिमबाट गुज्रिरहेको बेला विश्व पुस्तक दिवसको नारा नै ‘कथा बाँडौ’ तय गरिएको छ । कोरोना जोखिम नियन्त्रणका लागि लकडाउन गरिएकाले मानिसको नजिकको साथी नै पुस्तक भएको छ ।

सन् १९९५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसंघीय शैक्षिक तथा साँस्कृतिक संगठन युनेस्कोको महासभाले घोषणा गरे अनुसार अप्रिल २३ लाई विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसको रुपमा मनाउने गरिन्छ ।

सन् १६१६ मा विश्व साहित्यमा महत्वपूर्ण योगदान गर्ने विलियम्स शेक्सपियर र इनका गार्सिलासो पी ला वेगाको निधन भएको दिनको सम्झनामा हरेक वर्ष विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाउने गरिएको हो ।

नेपालमा भने केही वर्ष अघिदेखि मात्र यो दिवस मनाउन थालिएको हो । सर्जकको अनुमति बिना नक्कल गर्न, उत्पादन गर्न र बिक्री वितरणमा रोक लगाउने कानूनको रुपमा नेपालमा प्रतिलिपी अधिकार ऐन २०५९, प्रतिलिपी अधिकार नियमावली २०६१ कार्यान्वयनमा छ ।

दिवसले पुस्तकको शक्तिलाई थप प्रकाश पार्ने र पुस्तकको पहुँच सबै क्षेत्र, समुदाय तथा वर्गमा पुर्‍याउनु पर्नेमा युनेस्कोको जोड छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *