Main News
राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका लागि जेठ ६ गते निर्वाचन हुने (भिडियो रिपोर्टसहित)
२०७८ वैशाख ९ गते २०:३६
९ चैत २०७८ काठमाडौं । राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका लागि जेठ ६ गते निर्वाचन हुने भएको छ ।
मन्त्रिपरिषद्को वैशाख ६ को निर्णयअनुसार निर्वाचन आयोगले बागमती प्रदेशमा अन्य समूह तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य पद पदपूर्तिका लागि उपनिर्वाचनको मिति घोषणा गरेको हो ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रिय सभा सदस्य रामबहादुर थापा बादल नेकपा एमाले प्रवेश गरेपछि पदमुक्त हुनुभएको थियो ।
उपचुनाव घोषणा गरेको आयोगले निर्वाचन प्रयोजनका लागि वैशाख १० देखि १४ गतेसम्म दल दर्ता गर्न राजनीतिक दललाई समय दिएको छ ।
आजदेखि उपनिर्वाचन तयारी सम्बन्धी काम थालिएको पनि आयोगले जनाएको छ ।
प्रतिक्रिया