Main News

आज नेकपा स्थापना दिवस मनाइँदै

हिमालय टिभी
२०७८ वैशाख ९ गते ९:१२
आज नेकपा स्थापना दिवस मनाइँदै

९ वैशाख २०७८ काठमाडौं । कम्युनिष्ट नेताहरुले आज नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउँदैछन् ।

७२ वर्षअघि आजकै दिन भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र अन्य संस्थापक नेताहरुमा निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायण विलास जोशी र मोतिदेवी श्रेष्ठले कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।

नेपालमा जहानियाँ राणा शासन कायम रहेका बेला भूमिगत रुपमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले सामान्तवाद, दलाल–नोकरशाही पूँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने उद्देश्य राखेको थियो ।

टुटफुटबाट गुज्रिदै आएको कम्युनिष्ट पार्टीमा अहिले पनि एकता छैन । आन्तरिक विवादले कम्युनिष्ट पार्टीहरु टुक्राटुक्रामा विभाजित हुँदा कार्यकर्ताहरु निराश मात्र बनेका छैनन् नेताहरुप्रति पनि वितृष्णा पनि बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *