Main News

निर्वाचन आयोगले सोध्यो लेखापरीक्षण प्रतिवेदन नबुझाउने ४० दलसँग स्पष्टिकरण

हिमालय टिभी
२०७८ वैशाख ८ गते १७:१५

८ वैशाख २०७८ काठमाडौं । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन नबुझाउने थप ४० राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ ।

आयोगको आज बसेको बैठकले नियमित रुपमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । आयोगले स्पष्टिकरण सोधेका दल सबै संसद बाहिरका हुन ।

आयोगले सोमबार लगातार तीन आर्थिक वर्षसम्म लेखापरीक्षण प्रतिवेदन नबुझाउने ४६ वटा दललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । आयोगले ती दललाई सात दिनभित्र स्पष्टिकरण दिन निर्देशन दिएको छ ।

राजनीतिक दलले तोकिएबमोजिम लेखा नराखेमा, लेखापरीक्षण नगराएमा वा लेखापरीक्षण प्रतिवेदन आयोगमा नबुझाएमा २० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

तोकिए बमोजिमको जरिवाना नबुझाएमा वा तोकिएको अवधिभित्र काम–कारबाही नसच्याएमा आयोगले एक निर्वाचनमा भाग लिन नपाउने गरी आदेश समेत दिन सक्नेछ ।

त्यस्तै, ऐनबमोजिमको कसुर एकपटकभन्दा बढी गरेमा वा दिएको आदेश एक वर्षभित्र पालना नगरेमा त्यस्तो दलको दर्ता नै खारेज हुन सक्ने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *