Main News
कर्णालीमा फ्लोर क्रस भएपछि ओली समूह आक्रोशित, चारै जनामाथि कारबाहीको सिफारिस
२०७८ वैशाख ३ गते १९:१०

३ वैशाख २०७८ सुर्खेत । कर्णाली प्रदेशमा पार्टीका सांसदहरूले नै फ्लोर क्रस गरेर माओवादी केन्द्रको सरकार जोगाएपछि एमालेका संस्थापन पक्ष आक्रोशित भएको छ ।
संस्थापन पक्षले उनीहरुलाई कारवाही गर्ने तयारी गरेको छ । छोटो प्रतिक्रिया दिँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले उनीहरुलाई कारवाही गर्ने बताउनुभयो ।
यसैबीच एमाले कर्णाली प्रदेश सभा संसदीय दलको बैठक ह्वीप उल्लंघन गर्ने चार सांसदलाई कारवाही गर्न सिफारिस गरेको छ ।
संस्थापन पक्षका सांसदको बैठकले फ्लोर क्रस गर्ने सांसदलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको हो ।
प्रतिक्रिया