Political Hightlights

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच फोन सम्वाद

हिमालय टिभी
२०७८ वैशाख ३ गते १४:३३
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच फोन सम्वाद

३ वैशाख २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लामो समयपछि टेलिफोनमा संवाद गर्नुभएको छ ।

आफूलाई प्रधानमन्त्री ओलीले भेटवार्ताका लागि फोन गरेको प्रचण्डले बताउनुभएको छ । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन गर्ने क्रममा प्रचण्डले प्रधानमन्त्री ओलीले फोन गरेको र कार्यक्रमपछि फर्केर प्रधानमन्त्रीसँग संवाद गर्ने जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीको फोन आएपछि लामो समय भाषण नगरी प्रचण्ड कार्यक्रमस्थलबाट निस्किनुभएको छ । प्रतिनिधिसभा विघटन र एमाले माओवादी ब्युँतिएपछि दुवै नेताबिच कुनै संवाद हुन सकेको थिएन।

आज लामो समयपछि ओलीले प्रचण्डलाई फोन सम्पर्क गर्नुभएको हो । ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड र ओलीबीच एक्लाएक्लै संवाद भएको छैन्। अप्रत्यक्ष रुपमा संवाद भइरहेको भए पनि भेटघाट भएको छैन ।

माओवादी केन्द्रका नेताहरुका अनुसार ओलीले बेला बेलामा प्रचण्डलाई फोन गरेर भेटन अनुरोध गरेको भए पनि प्रचण्डले भने एक्लै भेटन अस्वीकार गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्