Political Hightlights

प्रधानमन्त्री ओली राष्ट्रहितविपरीतका गतिविधिमा लागेको प्रचण्डको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ३ गते १३:२८
प्रधानमन्त्री ओली राष्ट्रहितविपरीतका गतिविधिमा लागेको प्रचण्डको आरोप (भिडियो रिपोर्टसहित)

३ वैशाख २०७८ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय हितविपरीतका गतिविधिमा लागेको आरोप लगाउनुभएको छ ।

काठमाडौंमा भएको कार्यक्रममा प्रचण्डले प्रधानमन्त्री ओलीबाट देशलाई बन्धकी राख्ने र राष्ट्रिय हितविपरीतका गतिविधि गर्ने काम भएको गम्भीर आरोप लगाउनुभएको हो ।

प्रधानमन्त्री राष्ट्रिय हितविपरीतका गतिविधिमा संलग्न भएका खबर आएको भन्दै प्रचण्डले त्यसले नेपालीको इज्जत, प्रतिष्ठा र राष्ट्रिय स्वाधिनतामाथि प्रश्न चिन्ह खडा गर्ने दुस्साहस भएको टिप्पणी गर्नुभयो ।

अध्यक्ष प्रचण्डले संघीयता खारेज गर्ने र स्थानीय तहलाई दिएको अधिकार खोस्ने प्रयास भैरहेको पनि बताउनुभयो । तर त्यसलाई सफल हुन नदिने पनि उहाँले बताउनुभयो ।

भाइरल भएको सम्झौता नक्कली भए पनि त्यसको तथ्यमा ध्यानै नदिई प्रचण्डको टिप्पणी आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्