Main News
नयाँ वर्षको अवसर पारेर विष्णुमती नदी सफाई अभियान शुरु (भिडियो रिपोर्टसहित)
२०७८ वैशाख १ गते १४:०९

१ वैशाख २०७८ काठमाडौं । नयाँ वर्ष २ हजार ७८ को अवसर पारेर विष्णुमती नदी सफाइ अभियान शुरु गरिएको छ ।
नयाँ वर्षको पहिलो दिन आज बिहान विष्णुमतीको शोभा भगवती क्षेत्रबाट सफाइ अभियानको थालनी भएको हो ।
विष्णुमती नदी उपत्यकाको सभ्यता, धर्म, परम्परा र जीवनपद्धतिसँग जोडिएको भए पनि हाल प्रदूषित रहेका कारण मानव स्वास्थ्यलाई समेत असर पर्न थालेकाले अभियान थालिएको सांसद जीवनराम श्रेष्ठले बताउनुभयो ।
विष्णुमती सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं महानगरपालिका, विभिन्न संघसंस्था लगायत स्थानीयको सहभागिता थियो ।
अब हरेक महिनाको अन्तिम शनिबार बिहान ७ देखि ९ बजेसम्म नदी सफा गरिने सांसद श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया