Political Hightlights

नयाँ सरकार गठनका लागि एकजुट हुन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आव्हान

हिमालय टिभी
२०७८ वैशाख १ गते १३:३९
नयाँ सरकार गठनका लागि एकजुट हुन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आव्हान

१ वैशाख २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार निर्माणका लागि एकजुट हुन प्रतिगमनविरुद्ध संघर्षरत सबै पक्षलाई आह्वान गर्नुभएको छ ।

प्रतिगामी प्रतिक्रियावादीका कारण कम्युनिष्ट पार्टीबीचको एकतालाई विभाजन गरिएको भन्दै प्रचण्डले ‘अग्रगामी क्रान्तिकारी वाम ऐक्यवद्धता’का लागि अपील गर्नुभएको हो ।

नयाँ वर्ष २०७८ को अवसरमा जारी गरिएको शुभकामना सन्देशमा प्रचण्डले कम्युनिष्ट पार्टी बीचको एकतालाई प्रतिगामी प्रतिक्रियावादीहरुले षडयन्त्रमूलक ढंगले विभाजन गरेको आरोप पनि लगाउनुभएको छ ।

अध्यक्ष प्रचण्डले देशलाई अग्रगतिमा लैजान र जनताको विकास तथा समृद्धिको आकांक्षा पूरा गर्न नयाँ सरकार गठन अपरिहार्य भएको उल्लेख गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले नयाँ वर्षसँगै नेपाली जनतामा जोश, जाँगर र सिर्जनाको अभिवृद्धि भई मुलुकको आर्थिक विकास तथा समृद्धिका सामर्थ्य पैदा हुनेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्