Main News

प्राकृतिक विपत्ति र कोरोनाका बावजुद राष्ट्रिय विकास लक्ष्या सफल हुने दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ३१ गते १६:२७
प्राकृतिक विपत्ति र कोरोनाका बावजुद राष्ट्रिय विकास लक्ष्या सफल हुने दाबी (भिडियो रिपोर्टसहित)

३१ चैत २०७७ काठमाडौं ।परराष्ट्र मन्त्री प्रदीप ज्ञवलीले केही ठूला प्रकृतिक विपत्ति र कोरोना महामारीका बावजुत पनि नेपाल राष्ट्रिय विकासका लक्ष्य हासिल गर्न सफल हुने दाबी गर्नुभएको छ ।

नेपाल विकास अनुशन्धान प्रतिष्ठानको वार्षिकोत्सवलाई काठमाण्डौमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले चुनौति थपिए पनि विकासको लक्ष्य भेट्ने बताउनुभयो ।

नेपालको विकासको सूचकको केही क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेपनि सन २०३० को अन्त्य सम्म दीगो विकासका लक्ष्य भेटिने मन्त्री ज्ञवालीको विश्वास छ ।

विकास अनुशन्धान प्रतिष्ठान जस्ता संस्थाले नेपालको विकासको सम्भावना र चुनौति पहिल्याउन, सुझाव दिन, नीति निर्माण बनाउन ठूलो भूमिका खेल्न सक्ने पनि बताउनुभयो ।

विकासको अडचन फुकाउन पनि यस्ता संस्था सहयोगी हुने उहाँले बताउनुभयो । २००४ मा स्थापना भएको विकास अनुसन्धान प्रतिष्ठानले सरकार र सरकारका विभिन्न निकायलाई नीतिगत सहयोग गर्दै आएको छ ।

विभिन्न क्षेत्रका विज्ञलाई राखेर विकास निर्माण, योजना तर्जुमा, जलवायु परिवर्तन, गरिवी निवारण, प्राकृतिक विपत्ति न्यूनिकरण जस्ता क्षेत्रमा यो संस्थाले नीतिगत सुझाव दिँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *