कोरोना भाइरसको दोस्रो लहर डरलाग्दो अवस्थामा पुगेको सरकारको निष्कर्ष (भिडियो रिपोर्टसहित)
३१ चैत २०७७ काठमाडौं । सरकारले कोरोनाभाइरसको दोस्रो लहरले डरलाग्दो अवस्था निम्त्याउँदै गरेको भन्दै चुनौती थपिँदै गएको बताएको छ ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले संक्रमण डरलाग्दो अवस्थामा पुगेको बताउनुभयो । १८ वर्ष मुनिका बालबालिका लागि भ्याक्सिन नबनेकाले उनीहरुलाई जोगाउनु चुनौतीपूर्ण भएको मन्त्री त्रिपाठीको भनाई छ ।
जेठ अन्तिम साता र असार पहिलो सातामा दैनिक ११ हजार जना संक्रमित हुने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण गरिएको मन्त्री त्रिपाठीले जानकारी दिनुभयो ।
संक्रमणको दर युवा र बालबालिकामा बढ्दै गएकाले उपत्यकासहित शहरी क्षेत्रमा अनलाइन कक्षा सञ्चालन गर्ने तयारीमा रहेको पनि उहाँले जानकारी दिनुभयो ।
सरकारको पहिलो कर्तव्य नागरिकको जीवन रक्षा भएकाले त्यसतर्फ केन्द्रीत रहेर क्रियाशील रहेको पनि मन्त्री त्रिपाठीले बताउनुभयो ।
उहाँले सरकार लकडाउन गर्ने पक्षमा नरहेकाले नागरिक, स्थानीय सरकार लगायत सरोकारवालालाई जिम्मेवार हुन पनि आग्रह गर्नूभयो ।
प्रतिक्रिया