Main News

पुनर्नियुक्त चार जना मन्त्रीले लिए शपथ

हिमालय टिभी
२०७७ चैत २७ गते २०:३१
पुनर्नियुक्त चार जना मन्त्रीले लिए शपथ

२७ चैत २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आजनवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

नवनियक्त मन्त्रीहरु ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु शाह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा शपथ लिनुभएको हो ।

उहाँहरु यसअघि तिनै मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्थ्यो । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्चपदस्थ पदाधिकारीको उपस्थिति थियो ।

उहाँहरु चार जना नेकपा (माओवादी) केन्द्रका तर्फबाट प्रतिनिधिसभा सदस्य रहनुभएकामा पार्टी एकता र त्यसपछि कायम नेकपा (एमाले) को केन्द्रीय सदस्यमा आवद्ध हुनुभएकाले माओवादी केन्द्रको सूचनाका आधारमा बिहीबार प्रतिनिधिसभा सदस्य रिक्त हुनुभएको घोषणा गरिएको थियो ।

सांसद नरहेपछि मन्त्रीमा कायम रहन नमिल्ने भएकाले उहाँहरुलाई पुनः नियुक्त गरिएको हो । सांसद नभए पनि छ महिनासम्म मन्त्रीमा नियुक्त गर्न सकिने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *