Political Hightlights

कांग्रेसको निर्णयप्रति जसपा संघीय परिषद् अध्यक्ष डा. भट्टराई खुस

हिमालय टिभी
२०७७ चैत २१ गते १३:३५
कांग्रेसको निर्णयप्रति जसपा संघीय परिषद् अध्यक्ष डा. भट्टराई खुस

२१ चैत २०७७ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले कांग्रेसले सरकार बनाउन पहल गर्ने निर्णय गरेको प्रति खुसी व्यक्त गर्नुभएको छ ।

आज सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै अध्यक्ष भट्टराईले नेपाली कांग्रेसले बल्ल प्रतिपक्षीय धर्म निर्वाह गर्ने संकेत देखाएको बताउनुभएको हो ।

कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र नयाँ सरकार गठनमा अग्रसरता देखाउने निर्णय गरेको भोलिपल्ट सामाजिक सञ्जालमार्फत डा. भट्टराईले कांग्रेसको प्रशंसा गर्नुभएको हो ।

जसपाकै अध्यक्ष महन्थ ठाकुर तथा नेता राजेन्द्र महतोहरू प्रधानमन्त्री ओलीसँगै सत्ता साझेदारी गर्ने छलफलमा रहेका बेला सोही पार्टीका संघीय अध्यक्ष डा. भट्टराईले ओलीको राजीनामा माग्ने कांग्रेसको निर्णयको स्वागत गर्नुभएको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका डाक्टर भट्टराईले अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य भुल्न नहुने बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्