Main News

डा. पौडेल राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अध्यक्ष नियुक्त

हिमालय टिभी
२०७७ चैत २० गते १३:५४
डा. पौडेल राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अध्यक्ष नियुक्त

२० चैत २०७७ काठमाडौं । सरकारले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा। किरण पौडेललाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले वन क्षेत्रका विज्ञ पर्वतका पौडेललाई अध्यक्षमा नियुक्त गरेको हो ।

बैठकले विकास समितिका सदस्यहरुमा पूर्व जर्नेल बाबुकृष्ण कार्की सहित डा। सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्यलाई नियुक्त गरेको छ ।

चुरे क्षेत्रको प्राकृति सम्पदामाथिको दोहनका कारण तराई मधेशको जमिन मरुभूमिमा परिणत हुने खतरा बढेपछि सरकारले चुरे संरक्षणका लागि विकास समिति गठन गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले विज्ञापन प्राधिकरणको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धक हुमागाईं खुला प्रतिस्पर्धाबाट छानिएका तीन जनामध्येबाट नियुक्त हुनुभएको हो ।

प्राधिकरणका सदस्य यसअघि नै मन्त्रिस्तरीय निर्णयबाट नियुक्त भइसकेका छन् । क्लिन फिड लागू गर्ने तथा विज्ञापनको समानुपातिक वितरण गर्ने लगायतका काम प्राधिकरणको जिम्मेवारीमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *