Main News

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ आजको सम्भावित कार्यसूची

हिमालय टिभी
२०७७ चैत १८ गते ८:२२
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ आजको सम्भावित कार्यसूची

१८ चैत २०७७ काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधि सभा बैठक बस्दैछ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा विभिन्न वार्षिक प्रतिवेदन पेस र शोक प्रस्ताव पेस हुनेछन्।

दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

बैठकमा विकास तथा प्रविधि समिति सभापति कल्याणीकुमारी खड्काले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयकसम्बन्धी प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

बैठकमा पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशी र पहिलो संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *