Main News

तराई-मधेसमा यसरी मनाइयो होली (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १६ गते २०:५३
तराई-मधेसमा यसरी मनाइयो होली (भिडियो रिपोर्टसहित)

१६ चैत २०७७ काठमाडौं । होली पर्व तराई मधेशमा आज धुमधामका साथ मनाईंएको छ । होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा लिइन्छ । पहाडी तथा हिमाली जिल्लामा होली हिजो मनाइएको थियो । तराई मधेसमा आज हर्षोल्लासका साथ होली मनाइएको छ ।

मिथिला क्षेत्रमा होलीलाई होरीका रुपमा मनाइन्छ । यस वर्ष कोरोना महामारीको कारण सरकारले भिडभाड नगर्न भनेकाले धेरैले घर परिवारमै बसेर फागु पर्व मनाए ।

जसका कारण कोरोनाका कारण तराईमा मनाइने होलीमा रौनक कम देखियो । बुटवल विहानसम्म सुनसान थियो । दिउँसोतिर युवा युवती हातमा अविर लिएर रङ्गिन थाले । एकले अर्कालाई एक आपसमा अविर दलेर रमाए ।

युवायुवती मात्र होइन बालबालिकादेखि जेष्ठ नागरिसम्म अविर लगाएर होली पर्व मनाए । कोरोना भाईरसको संक्रमणको त्रास भए पनि बुटवलमा भने मानिसहरु विभिन्न ठाउँमा जम्मा भएर रमाईलो गर्दै होली पर्व मनाए ।

होलीको दिनमा रुपन्देहीका विभिन्न ठाउँमा सांगीतिक कार्यक्रमको आयोजना हुने भए पनि यो वर्ष कुनै कार्यक्रम भएन । तर पनि बुटवल सोमबार रङ्गिन बन्यो । पहाडबाट बसाई सरेर, रोजगारी तथा अध्ययनको लागि बुटवलमा मानिसहरु आउने गर्छन । यसकारण हिजो र आज दुवै दिन बुटवल रङ्गिन बन्यो ।

होली आउनुभन्दा करिब एक साता अघिदेखि धेरै नै चहलपहल हुने दाङमा यो पर्व रौनक निकै कम भयो । विगतका वर्षमा जस्तो मानिसको चहलपहल नभए पनि पारीवारीक होलि खेल्नेहरुमा भने रौनकता छाएको छ ।

प्रदेश १ को राजधानी विराटनगरमा पनि दुई चार वर्षअघिको जस्तो रौनक देखिएन । पर्वका अवसरमा सरकारले आज तराई मधेसमा सार्वजनिक बिदा दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *