Political Hightlights

ओली सरकारलाई दिएको समर्थन केही दिनमै फिर्ता लिने प्रचण्डको प्रष्टिकरण

हिमालय टिभी
२०७७ चैत १४ गते १७:०८
ओली सरकारलाई दिएको समर्थन केही दिनमै फिर्ता लिने प्रचण्डको प्रष्टिकरण

१४ चैत २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन केही दिनमै फिर्ता लिने बताउनुभएको छ ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले आन्दोलनका सहयात्री दलकै सहमतिमा सरकारलाई दिएको समर्थन फिर्ता लिन ढिलाइ गरेको दाबी पनि गर्नुभयो ।

बृहत नागरिक आन्दोलनले प्रज्ञा प्रतिष्ठानमा गरेको ‘नागरिकको प्रश्न दलहरुको जवाफ’ विषयक कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग नयाँ सत्ता समीकरण बनाउन छलफल भइरहेको पनि बताउनुभयो ।

उहाँले सदनबाटै राजनीतिक समस्याको समाधान खोज्ने प्रयास भइरहेको भन्दै सरकारलाई दिएको समर्थन एक दुई दिनमै फिर्ता लिने प्रष्टिकरण पनि दिनुभयो ।

पछिल्लो राजनीतिक घटनाक्रम र सेटिङले आफू र आफ्नो दलमाथि अन्याय भएको भन्दै उहाँले यसबारे बोलिदिन नागरिक समाजलाई आग्रह पनि गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्