Political Hightlights

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले नेता नेपालबीच भेटवार्ता

हिमालय टिभी
२०७७ चैत १२ गते २०:४९
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले नेता नेपालबीच भेटवार्ता

१२ चैत २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल बीच भेटवार्ता भएको छ।

कोटेश्वरस्थित एक व्यवसायीको घरमा भएको भेटवार्तामा सर्वोच्चको फागुन २३ को फैसलाविरूद्ध पुनरावलोकनमा जाने विषयमा छलफल भएको छ।

भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाललाई आफूहरू सर्वोच्चको फैसलामाथि पुनरावलोकनमा जानेबारे जानकारी गराउनुभएको छ । जवाफमा नेपालले आफूहरूको समर्थन रहने पनि बताउनुभएको छ ।

केही दिनअघि माओवादी केन्द्रले कानुन व्यवसायीसँग छलफल गरेको थियो। छलफलपछि कानुन व्यवसायीले माओवादी केन्द्रलाई मुद्दा पुनरावलोकन गर्न सुझाएका थिए । नेपालसँगको भेटपछि प्रचण्डले कानुन व्यवसायीसँग छलफल गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्