Main News
दाङमा ज्ञानज्योति स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १५ जना घाइते
२०७७ चैत १० गते ८:२६
१० चैत २०७७ तुलसीपुर । दाङमा ज्ञानज्योति कलेजको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा १५ जना घाइते भएका छन् ।
दुर्घटनामा तुलसीपुर–१६ का अस्मिता बस्नेत र किरण चौधरीको निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
बस्नेतको घटनास्थलमै मृत्यु भएको र चौधरीको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिनुभयो ।
दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइतेहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
तुलसीपुरको डुरुवाबाट विद्यार्थी लिएर तुलसीपुरतर्फ आउँदै गरेको रा १ क ४३३ नम्बरको बस ब्रेक फेल हुँदा तुलसीपुर–१५ को सरैयामा दुर्घटनामा परेको हो ।
प्रतिक्रिया