Political Hightlights

प्रचण्डले लाजमर्दो राजनीति गरेको राप्रपा अध्यक्ष थापाको टिप्पणी

हिमालय टिभी
२०७७ चैत ९ गते १७:१९
प्रचण्डले लाजमर्दो राजनीति गरेको राप्रपा अध्यक्ष थापाको टिप्पणी

९ चैत २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाजमर्दो राजनीति गरेको टिप्पणी गर्नुभएको छ ।

हिजो प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विदेशीको इशारामा चलेको र विदेशीबाट पालित पोषित भनेर आरोप लगाएको विषयलाई लिएर राप्रपा अध्यक्ष थापाले प्रचण्डमाथि टिप्पणी गर्नुभएको हो ।

यस्तो गम्भीर आरोप लगाएपछि पनि सरकारलाई दिएको समर्थन फिर्ता नलिनु लाजमर्दो राजनीति भएको थापाको तर्क छ ।

ट्वीटरमार्फत थापाले केहीदिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्रीका बारेमा विदेशी एजेन्टको आरोप लगाएकोमा आश्चर्य पनि व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्