Main News

नेता नेपालले भने–ओलीले जे भन्यो त्यही स्वीकार गरिन्न (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ७ गते १९:२५
नेता नेपालले भने–ओलीले जे भन्यो त्यही स्वीकार गरिन्न (भिडियो रिपोर्टसहित)

७ चैत २०७७ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष ओलीले जे भन्यो त्यही स्वीकार नगर्ने बताउनुभएको छ ।

आफू निकट युवा संघको राष्ट्रिय भेलालाई काठमाण्डौमा सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफूहरु एकताको पक्षमा रहेको तर त्यसका लागि ओलीले जे भन्यो त्यो नमान्ने बताउनुभयो ।

नेपालले अध्यक्ष ओलीलाई एकताको प्रस्ताव भन्दै फागुन २३ गते पछिको निर्णय सच्याउन र एमाले ब्यूँतिएको वास्तविक अवस्था स्वीकार्न आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले आफ्नो कार्यशैली सुधार्नुपर्ने भन्दै नेपालले ०७५ साल जेठ २ गतेको संगठनको अवस्था स्वीकार गर्नपनि आग्रह गर्नुभयो ।

एमाले हुने भनेको ओली जाने भन्ने बुझाई ओलीमा रहेको भन्दै नेपालले आपत्ति जनाउनुभयो ।

केन्द्रीय कमिटीमा आफ्नो बहुमत रहेकैले ओलीले अहिले विधान विपरितका काम गरेको नेपालको आरोप छ । एमालेको केन्द्रीय कमिटीमा ओलीका ९० र आफ्नो पक्षका ९७ जना केन्द्रीय सदस्य रहेको नेपालको दावी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *