भारतमा उत्पादित कोरोनाविरुद्धको खोप ‘कोभ्याक्सिन’ लाई आपतकालीन प्रयोगका लागि अनुमति
७ चैत २०७७ काठमाडौं । औषधि व्यवस्था विभागले भारतको ‘कोभ्याक्सिन’ लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।
विभागले कोरोनाविरुद्धको खोप विकास गर्ने भारतकै अर्को कम्पनीको खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो । विभागका प्रवक्ता सन्तोष केसीले भारतीय कम्पनी भारत बायो–एनटेक इन्टरनेशनल लिमिडेटले उत्पादन गरेको कोरोना विरुद्धको खोप ‘कोभ्याक्सिन’ लाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको बताउनुभयो ।
औषधि सल्लाहकार समितिको सिफारिसको आधारमा हिजो विभागले कोभ्याक्सिनलाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको हो ।
आकस्मिक प्रयोगका लागि कोभ्याक्सिनले अनुमति पाएको र कम्पनीले सबै प्रक्रिया पुरा गरेपछि औषधि सल्लाहकार समितिको सिफारिस र मन्त्रिपरिषदले विगतमा गरेको निर्णयको आधारमा यो खोपलाई आकस्मिक अनुमति दिएको केसीको भनाइ छ ।
प्रवक्ता केसीले नेपालमा कोरोना विरुद्धको खोपको प्रयोगका लागि थप दुईवटा कम्पनी रुसको स्पुतनिक र चिनीया कम्पनी सिनोभ्याक्सले निवेदन दिएको र त्यस विषयमा प्राविधिकि टोलीको अनुसन्धान जारी रहेको पनि जानकारी दिनुभयो ।
प्रतिक्रिया