Main News

प्रचण्ड नेकपा माओवादी केन्द्रको संसदीय दलको नेता चयन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ३ गते १५:५१
प्रचण्ड नेकपा माओवादी केन्द्रको संसदीय दलको नेता चयन (भिडियो रिपोर्टसहित)

३ चैत २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता बनाएको छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले नेतामा प्रचण्ड र प्रमुख सचेतकमा देव गुरुङलाई चयन गरेको छ । त्यस्तै राष्ट्रिय सभा संसदीय दलको नेतामा दीनानाथ शर्मालाई कायम राखेको नेता वर्षमान पुनले जानकारी दिनुभयो ।

यसअघि नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको पार्टी नेकपामा संसदीय दलको नेता केपी शर्मा ओली र प्रमुख सचेतक देव गुरुङ हुनुहुन्थ्यो । तर सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएपछि माओवादी केन्द्रले आफ्नो संसदीय दलको पदाधिकारी चयन गरेको हो ।

अझै संसदीय दलको उपनेता र सचेतक चयन गरेको छैन । माओवादीले हतारमा अविश्वासको प्रस्ताव नलैजाने भन्दै प्रधानमन्त्री ओलीलाई राजीनामा दिन आग्रह गरेको छ ।

नेता पुनले माओवादी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच गठबन्धन सरकार बन्ने दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले संसद विघठन गरेको विरोधमा आन्दोलन गर्ने दलहरुबीचको सहकार्य नै प्राकृतिक हुने माओवादीको निष्कर्ष छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *