Main News
‘सैन्य शासन चाहिँदैन, मान्छे मार्न पाइँदैन’ भन्दै दूतावासअगाडि प्रदर्शन
२०७७ चैत २ गते १७:३८

२ चैत २०७७ काठमाडौं । सैनिक शासनको विरोधमा शान्ति समाजले आज नेपालस्थित म्यानमारको दूतावासअगाडि प्रदर्शन गरेको छ ।
‘सैन्य शासन चाहिँदैन, मान्छे मार्न पाइँदैन’ भन्दै गरिएको प्रदर्शनमा म्यानमारमा भइरहेको हत्या र दमन तत्काल रोक्न, राजनीतिक बन्दी तत्काल छाड्न र लोकतन्त्र बहाली गर्नुपर्ने जस्ता माग लेखिएका प्लेकार्ड पनि बोकिएको थियो ।
प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडीलगायत सहभागी हुनु भएको थियो ।
म्यानमारमा सैनिक शासनको दमनविरुद्ध शान्ति समाजको आव्हानमा आज विभिन्न जिल्लामा पनि प्रदर्शन गरिएको छ ।
प्रतिक्रिया