Main News

प्रचण्डले भने– मलाई प्रधानमन्त्री बन्ने हतारो छैन

हिमालय टिभी
२०७७ फागुन २९ गते १८:५८
प्रचण्डले भने– मलाई प्रधानमन्त्री बन्ने हतारो छैन

२९ फागुन २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई प्रधानमन्त्री बन्न हतारो नभएको बताउनुभएको छ ।

काठमाडौंमा आज एक पुस्तक विमोचन गर्दै अध्यक्ष प्रचण्डले मन नपराउनेहरुको एक समूहले धेरै पहिले आफुलाई मार्न खोजेको तर जनताले बचाएको दाबी पनि गर्नुभयो । उहाँले आफु दुई पटक प्रधानमन्त्री भइसकेकाले अब कुनै हतारो नभएको पनि बताउनुभयो ।

अध्यक्ष प्रचण्डले समाज र जनताले नेता पैदा गर्ने भन्दै जनताको चेतनास्तरमाथि उठनुपर्ने समेत बताउनुभयो । जनताको चेतनास्तर राम्रो र असल भए नेतालाई पनि असल बन्न कर लाग्ने उहाँको भनाइ थियो ।

केही मुठ्ठीभर व्यक्तिको आर्थिकस्तर माथि पुग्दैमा मुलुक समृद्धिको बाटोमा अघि बढेको मान्न नसकिने बताउनुभएको छ । समग्र मानव समाज सामाजिक न्यायसहितको सभ्यताको उचाईमा अग्रसर भए मात्र समृद्धि नाप्न सकिने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *