Main News

मुस्कान खातुनलाई मुस्लिम आयोगले विशेष वक्ताका रुपमा राख्ने

हिमालय टिभी
२०७७ फागुन २६ गते १६:४७
मुस्कान खातुनलाई मुस्लिम आयोगले विशेष वक्ताका रुपमा राख्ने

२६ फागुन २०७७ काठमाडौं । नेपाल मुस्लिम आयोगले मुस्कान खातुनलाई आफ्ना कार्यक्रमहरुमा विशेष वक्ताको रुपमा राख्ने भएको छ ।

आयोगले आयोजना गर्ने सबै प्रकारका औपचारिक कार्यक्रममा विशेष वक्ताको रुपमा प्रस्तुत गर्ने भएको हो । आजआयोग कार्यालयमा एसिड पीडित खातुनलाई अध्यक्ष समिम मिया अन्सारीले सम्मान गर्नुभयो ।

सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले एसिडविरुद्धको अभियानमा मुस्कानको भूमिका महत्वपूर्ण हुने भएकाले विशेष स्थान दिन लागिएको बताउनु भयो । एसिडले जलेको घाउलाई शक्तिमा बदलेर समाजमा उभिन सक्नु ठूलो साहसको काम भएकाले आयोगले सम्मान गरेको अध्यक्ष अन्सारीले बताउनु भयो ।

यस्तै सम्मानित खातुनले सबैको सहयोग र सद्भावले आफूले पीडालाई शक्तिमा बदल्न सकेको बताउनु भयो । आफूले एसिडविरुद्ध जनचेतना जगाउने काममा सधैं लाग्ने पनि बताउनु भयो ।

केही दिनअघि अमेरिकी सरकारले जलेको घाउ लिएर समाजमा क्रियाशील भएर कार्य गरिरहेको भनेर सम्मान गरेको थियो । यस्तै नेपाल सरकारले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विशेष सम्मान पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *