वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति दिन क्रम शुरु

२६ फागुन २०७७ काठमाडौं । वसन्त ऋतुको आरोहणका लागि अनुमति दिने क्रम शुरु भएको छ । पर्यटन विभागले आउँदो वसन्त ऋतुको आरोहणका लागि पहिलो अनुमति दिएको जनाएको छ ।
विभागका अनुसार नुप्से हिमाल आरोहणका लागि क्यानडाको एक समूहले अनुमति लिएको छ । अनुमति लिनेमा चार जना पुरुष रहेको विभागका निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो ।
अनुमतिबापत विभागले २४ सय अमेरिकी डलर अर्थात् दुई लाख ७९ हजार रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ । यसैबीच पर्यटन व्यवसायीहरूले आउँदो वसन्त ऋतुको आरोहणमा उत्साहपूर्ण सहभागिता हुने आशा ब्यक्त गरेका छन् ।
अहिलेसम्म सम्पर्कमा आएका आरोहीअनुसार आउँदो वसन्त ऋतुमा झण्डै तीन सय ५० विदेशी नागरिकले सगरमाथा आरोहणका लागि अनुमति लिने देखिएको सेभेन समिट ट्रेक लिमिटेडका अध्यक्ष मिङ्मार शेर्पाले जानकारी दिनुभयो ।
तर कोरोना महामारीले थलिएको पर्वतीय पदयात्रामा भने आउँदो सिजन पनि निराशाजनक हुने व्यवसायीहरूले बताएका छन् ।
प्रतिक्रिया