Main News

श्रमिक महिलाले अनुभूत गर्न नसकेको श्रमिक महिला दिवस (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २४ गते २०:५७
श्रमिक महिलाले अनुभूत गर्न नसकेको श्रमिक महिला दिवस (भिडियो रिपोर्टसहित)

२४ फागुन २०७७ काठमाडौं । नारी दिवसका दिन, महिला, अधिकार, समानताको लागि प्रत्येक वर्ष आवाज उठिनै रहन्छ । तर श्रमिक महिलालाई भने जीवनभर, पटकपटक उठाइने महिला अधिकार र समानताको कुराले छुन समेत सकेको छैन ।

अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलओ) को महासन्धीमा आठ घण्टा आराम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा काम भनेकोे छ । नेपालले पनि यस आइएलओको महासन्धीमा हस्ताक्षर गरेको छ । तर पर्साको प्लास्टिक उद्योगमा काम गर्ने महिलाहरुले न नै, आराम गर्न पाउँछन्, न नै मनोरञ्जन । दिनमा ११ घण्टा काम गर्दा समेत उनीहरुलाई विदा नै मिल्दैन । अप्ठ्यारो अवस्थामा विदा लियो भने पनि तलब काटिन्छ ।

संविधानमा नै समानता हकको कुरा गरिएको छ । प्लास्टिक उद्योगमा यी महिलाहरु पुरुष सरह नै, काममा खटिन्छन् तर उनीहरुले पुरुष सहर ज्याला पाउँदैनन् । पुरुष सरह ज्याला नपाउँदा पनि वर्षौदेखि चुपचाप काम गर्नूपर्ने बाध्यता उनीहरुलाई छ ।

आफ्नो अधिकार, संविधानमा भएको व्यवस्थाको महसुस गर्न नपाई काम गरिरहेका उनीहरुलाई मानसिक तनाव पनि उत्तिकै छ । दाङमा गिट्टी कुटेर जिविकोपार्जन गरिरहनु भएको वुद्धि परिवारलाई गिट्टी विक्नै छोडेपछि, कुन काम गरेर जीवन चलाउने भन्ने चिन्ता थपिएको छ ।

देश संघीयता संरचनामा गएसँगै, स्थानीय सरकार बनेको छ । स्थानीय सरकारले नै सबै जिम्मेवारी लिएपनि श्रमिक महिलाको अधिकारको लागि सोचेजस्तो काम गर्न नसकेको अधिकारकर्मीको भनाई छ ।

सडकमा महिलाको हकहितका लागि प्रत्येक वर्ष नाराबाजी हुन्छन् । आवाज उठ्छन् । व्यानर र पम्पेल्टहरुमा नारीको अधिकार प्राप्तीका कुरा लेखिन्छन् । कानुनमा पनि महिलाको अधिकारको बुदाँहरु लेखिन्छन् । तर श्रमिक महिलाहरुले वर्षौदेखि झेलिरहेको अन्याय भने मेटिन सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *