Main News

विभिन्न कार्यक्रमसहित मनाइयो १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

हिमालय टिभी
२०७७ फागुन २४ गते १८:२८
विभिन्न कार्यक्रमसहित मनाइयो १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

२४ फागुन २०७७ काठमाडौं । १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइएको छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने गरिन्छ ।

नेपालमा पनि सरकारी निकाय र विभिन्न संघ संस्थाले विविध कार्यक्रम आयोजना गरेका छन् । दिवसको अवसरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्य र लैंगिक समानतामुलक समाज निर्माणका लागि अग्रसर सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सामाजिक न्याय र समानताको निम्ति प्रतिबद्ध रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले महिला माथिको भेदभाव असभ्यता भएकाले असभ्य व्यवहार गर्नेलाई दण्डित गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले राज्यले महिला हिंसा अन्त्यका लागि बनेका कानुन कार्यान्वयनको अवस्था अनुगमन गर्नुपर्ने बताउनुभयो ।

दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्शको महिला चेम्बरले गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले महिला हिंसाका घटना न्युनिकरण हुन नसकेकोमा दुख व्यक्त गर्नुभयो । उहाँले हिंसा गर्नेहरु कानुनी दायरामा आउन नसकेकाले सबैले गम्भिरतापूर्वक सोच्ने बेला आएको बताउनुभयो ।

उपराष्ट्रपति पुनले राज्यका हरेक निकायमा महिला सहभागिता बढिरहेको उल्लेख गर्दै यस उपलब्धी प्रति गर्व गर्दै बाँकी उपलब्धीका लागि सचेत रहन आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *