Main News

आफू आधिकारिक भएको दाबी गर्दै प्रचण्ड–नेपाल समूहले संसद सचिवालयमा बुझायो पत्र

हिमालय टिभी
२०७७ फागुन २३ गते १४:२८
आफू आधिकारिक भएको दाबी गर्दै प्रचण्ड–नेपाल समूहले संसद सचिवालयमा बुझायो पत्र

२३ फागुन २०७७ काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूहले आफूनै आधिकारिक पार्टी दाबी गर्दै संसद् सचिवालयलाई पत्र बुझाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहितका नेताले संसद सचिवालयका महासचिव भरतराज गौतमको कार्यकक्षमै पुगेर पत्र बुझाएर आधिकारिकता दावी गर्नुभएको हो ।

प्रचण्ड–नेपाल समूहले दलको नेतामा अध्यक्ष प्रचण्डलाई चयन गरिएको जानकारी पनि सचिवालयलाई दिएको छ ।

प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक सकिएलगत्तै सांसद्हरु महासचिव गौतमलाई दलको नेतामा प्रचण्डलाई चयन गरिएको र आधिकारिक पार्टी रहेको जानकारी दिन संसद् सचिवालय पुगेका थिए ।

नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर प्रचण्डलाई चयन गरिएको भन्ने सूचनालाई संघीय संसद सचिवालयले दर्ता गर्न अश्वीकार गरेको छ ।

महासचिव भरतराज गौतमले कानून र ऐन तथा सम्बन्धित दलको विधानसमेत बुझेर आवश्यक कारबाही अघि बढाउने बताएपछि ठूलो स्वरमा चर्काचर्की परेको छ ।

नेताहरुले आफूहरु वैधानिक भन्दै मान्यता दिनुपर्ने अडान राखेका छन् । महासचिव गौतम कानूनी परामर्शमा लाग्नुभएको छ । अहिले पनि प्रचण्डनेपाल पक्ष र महासचिव गौतमकाबीच छलफल चलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *